भरतपुर : नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।
आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरु विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरु हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।
गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरुले नै सरकार बनाउने पनि प्रचण्डले जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान शुरु भएको छ ।