मतदान गर्न मतदाताहरु बिहान५ः३०देखिनै लाइनमा

चितवन : प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने भरतपुर महानगरपालिका वडा नं। ११ का मतदाता उत्साहित भएर बिहान ५ः३० बजे देखिनै लाइनमा बसेका छन् ।

भरतपुर वडा नं। ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा मतदान गर्न लाइनमा बसेका छन् । बिहानै मतदान गरेर आफ्नो जिम्मेवारी पूरा गरिदिने भन्दै लाइनमा बसेको बताएका छन् । मतदान भने बिहान ७ बजेबाट सुरु हुँदै छ ।

मतदान केन्द्रहरूमा बिहानदेखि मतदाताको चहलपहल भएको र जिल्लाका सबै मतदान केन्द्रमा बिहानबाट तयारी थालेको मतदान अधिकृतहरूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस