काठमाण्डौ : भोलि देशैभर हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सकिएको छ । निर्वाच आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनावको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभयो ।
योसँगै मतदान केन्द्रको तयारी पनि सम्पन्न भइसकेको छ । मतदान केन्द्र निर्माण गर्दा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्थासँगै अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था गरिनुपर्छ । यही व्यवस्थाअनुसार देशैभर मतदान केन्द्र निर्माण सम्पन्न भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।