दाङ : पश्चिमी वायुको प्रभावले हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ। बाँकी भू–भागको मौसम सामान्यतयाः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको।
त्यस्तैगरी आज शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक्दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ। साथै यी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।