काठमाडौं ७ मा राप्रपा नेपालको मानुषीलाई समर्थन

दाङ : प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र ७ मा राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले सत्ता गठबन्धनको समर्थन रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईलाई समर्थन गर्नु भएको छ।

प्रतिगमनविरुद्ध उभिनुपर्ने र यस क्षेत्रमा योग्य जुझारू उम्मेदवार मानुषी भएकाले आफूले समर्थन गरेको श्रेष्ठले आज जारी गरेको वक्तव्यमा उल्लेख छ। तर काठमाडौंकै क्षेत्र १ मा भने राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ति केसीले एमालेका उम्मेदवार किरण पौडेललाई समर्थन गरेका छन्।

एमाले उम्मेदवार पौडेलले पनि आजै पत्रकार सम्मेलन गरेर आफूहरूको समर्थन मिश्रलाई रहेको भ्रम फैलाइएको भन्दै त्यो झुटो भएको दाबी गरेका छन्। राप्रपाका प्रदेशसभा १ ९क० का द्वारिकानाथ ढुंगानाले एमालेका रामप्रसाद अमगाई र क्षेत्र १ ९ख० की उम्मेदवार सबिना श्रेष्ठले गणेशप्रसाद दुलाललाई समर्थनजानकारी दिएकी छिन्।

हाम्रो नेपाली पार्टीबाट काठमाडौँ क्षेत्र १ मा उम्मेदवारी दिएका डम्बर साहुले भने आफ्नो उम्मेदवारी निष्क्रिय पारेर ‘प्रकाशमान हराउ’ अभियान शुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस