दाङ : साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा हरियाली छाएको छ । हरियाली छाएको बजारमा लगानीकर्ताहरू हाइड्रोपावर झुम्मिएका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ ।
आज २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो । आज कारोबार भएका सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह बढेको छ ।
बिहीबार रिडी पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड ३९ लाख १५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीबार फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।