बंगलाचुलीमा एमाले पार्टी परित्याग २० जना नेपाली काग्रेसमा प्रवेश

दाङ : बंगलाचुली गाउँपालीका वडा नम्बर ३ र ४ बाट एमाले पार्टी परित्याग गरीे २० जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले वडा नम्बर ३ वडाकमिटि सदस्य ईश्वरी नेपाली , भिमसेन परियार र रामबहादुर रानाको नेतृत्व उनीहरु नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

नेकपा एमालेले जनतालाई जालझेल,भ्रम सृजना गरेर जनता झुक्याउने तर जनताको लागि केहिपनि नगर्ने भन्दै एमाले परित्याग गरेको नवप्रवेशिहरुको भनाइ छ ।

त्यस्तैगरी प्रवेश गर्नेहरुमा ओवीराम नेपाली ,रामबहादुर राना,धनी राना,चाम बहादुर राना,डिला नेपाली,हरिकला नेपाली ,विष्णु बुढा,कैलाश बुढा,रुपेश डाँगी ,सालिक घर्ती ,टेकबहादुर हौजाली,खुमा घर्ती ,दुर्गेश सोमै रहेका छन्। नव प्रवेशीहरुलाई नेपाली काग्रेसका नेताहरूले अविर मालाले स्वागत गरेका थिए ।

यो समाचारचौथौअंग अनलाइलबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस