दाङ : हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।महाशाखाका अनुसार देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तैगरी प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने महाशाखाद्वारा जारी विज्ञप्ति मार्फत जानकारी दिएको छ
आज राती प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
बिहीबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।