दाङ : फिफा विश्व कप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भयो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।
त्यस्तैगरी जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एकरएक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थप्यो । कतार विश्व कप आउँदो आइतवारदेखि सुरु हुँदैछ ।