दाङ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले व्यवस्थापन संकाय तर्फको स्नातक तह चार वर्षे २०७७ को नतिजा प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयल २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा १५ महिनापछि बुधबार सार्वजनिक गरेको हो। लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए।
परीक्षा नियन्त्रण कार्यालयल भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो। मंगलबार नै बिए प्रथम वर्षको परीक्षाफल पनि रीक्षा नियन्त्रण कार्यालयल सार्वजनिक गरेको थियो ।