दाङ : आगामी मंसिर १ गतेदेखि ४ गतेसम्म कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले बुधबार सूचना जारी गर्दै आसन्न निर्वाचनलाई मद्देनजर गर्दै बिहीबारदेखि आइतबारसम्म रेल सेवा बन्द गर्न लागेको जनाएको हो।
मंसिर ५ गतेदेखि भने रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिनुभयो। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३४.९ किलोमिटरमा रेल सेवा सञ्चालन रहेको छ ।