सुनसरी क्षेत्र नम्बर ४ बाट उठेका मेहताको उम्मेदवारी खारेज

सुनसरी : निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) बाट लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले निजको उम्मेदवारी अयोग्य ठहर भई खारेज गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

त्यस्तैगरी कसुरदार वा कैफियत ठहरिएमा जुनसुकै समयमा पनि उम्मेदवारी खारेजी गर्ने अधिकार आयोगलाई हुनेछ।

प्रतिक्रिया दिनुहोस