युएईविरुद्ध नेपाल ३ विकेटले विजयी

दाङ: काठमाडौंमा जारी एकदिवसीय शृंखलामा नेपालले आफ्नो पहिलो जित निकालेको छ। युएईलाई ३ विकेटले हराउँदै जारी प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो। १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ४८ औँ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको पारी खेले। ४९ बलको सामना गरेका उनले १ छक्का र ४ चौका प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले ५२ बलमा ६ चौका प्रहार गर्दै ३५ रन बनाए। यी बाहेक आरिफ शेखले अभिजित ३३ रन बनाए।

युएइका लागि रोहन मुस्ताफाले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा २४ रन खर्चिँदै नेपालको महत्वपूर्ण तीन विकेट लिएका थिए। त्यस्तै हजरत विलालले २ तथा बसिल हमिदले १ विकेट लिए।

टस जितेर पहिलो ब्याटिङ गरेको युएईले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल बनाएको थियो। युएईका लागि मोहम्मद वसिमले अर्धसतकिय पारी खेलेका थिए। ४५ बलको सामना गरेका उनले ४ छक्का र ३ चौकाको मदतले ५० रन बनाएका हुन्। वसिम बाहेक युएईका आलिसान सराफुले ३५, व्रित्य अर्विन्दले २५ र वसिल हमिदले २४ रनको पारी खेले।

नेपालका लागि ललित सिंह राजवंशी र सोमपाल कामीले समान ३३ विकेट लिए। राजवंशीले १० ओभरमा ४१ रन खर्चिएका थिए भने ७ दशमलव २ ओभरमा ३५ रन दिएका थिए।

नेपाल र युएइबिच भइरहेको शृ‌ंखलामा यसअघिको खेल युएइले जितेको थियो। दुवै देशले एकएक खेल जिति बराबरीको अवस्थामा रहेका छन्। प्रतियोगिताको निर्णायक तथा अन्तिम खेल शनिबार हुँदैछ।

प्रतिक्रिया दिनुहोस