कोमल र घनश्यामको उद्घोषः वसपार्क क्षेत्रको बस्ती ब्यवस्थित गछौं

दाङ : नेकपा एमालेबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवार कोमल वलीले लालपुर्जा विहिन बसपार्क क्षेत्रका जनताको समस्या समाधान गर्ने बताएकि छिन । तुलसीपुर ५ बसपार्कमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार वलीले यँहाका बर्षौदेखिका सुकुम्बासी जनताको सपना पुरा गर्ने बताएकि हुन । बसपार्क क्षेत्रका लालपुर्जा विहिनले नगरपालिकाले हटाउन लागेको हल्ला सुनेको भन्दै गुनासो गरेपछि वलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरिन । नगरपालिकाले जनताको इच्छा विपरीत काम नगर्ने भन्दै यो विषयमा छलफल गरेर समाधानको खोजी गर्ने बताईन । उनले नेकपा एमाले गरिव, विपन्न वर्गका जनताहरुको पार्टी भएको हुदा सकुम्वासिको चाहाना अनुसार समाधान गर्ने बताएकि थिईन ।

यस्तै, चुनावी सभामा प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले चुनाव हार्ने निश्चित भएपछि गठबन्धनले गलत प्रचार गर्दै हिडेको बताए । पाण्डेले अझै पनि वसपार्क क्षेत्रलाई ब्यवस्थित बनाउने कार्य बाकि रहेकोले आफुले पुरा गर्ने बताएका थिए । उनले बसपार्क क्षेत्र सहितका जनतालाई लालपुर्जा दिलाउन एमाले सरकार लागेपनि गठबन्धन सरकारले भुमि आयोग खोरज गरेर जनतालाई सकुम्बासी बनाउन चाहेको बताएका थिए । जनताको नभई स्वार्थका लागी बनेको गठबन्धनलाई पराजित गर्न सुर्यमा मतदान गर्न अपिल समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस