सी’ डिभिजन लिग आउँदो वैशाख २२ गतेदेखि सुरु हुने

दाङ : शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आउँदो वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले क्लबसँगको छलफलपछि हिजो मिति तय गरेको छ ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए ।

एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो । तर मिति भने तय हुन सकेको छैन । एन्फाले गएको कात्तिक २१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ । ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस