आज नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

दाङ : पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ८६४ पीसीआर परीक्षण गर्दा १२ जना र ४६६ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन भने २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस