आज नेप्से परिसूचक दोहोरो अंकले घट्यो

दाङ : आज साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

आज नेप्से ६.५९ अंक घटेर १८९७.८६ अंकमा बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। यसदिन विभिन्न २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । हिजो ९४ करोडको सेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल टेलिकमको साढे ४ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ। यता उत्पादन तथा प्रशोधन, वित्त र विकास बैंक उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस