काठमाडौं : सहरका व्यवसायिक पहिचानका राखिएका अनधिकृत २७५ वटा परिचय पाटी ९होडिङ बोर्ड० हटाइएको छ।
मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी हटाउने कार्यक्रमको थालनी भएको पहिलो दिन कार्तिक २८ गते काठमाडौँका ४ क्षेत्रबाट यी सामग्री हटाइएको छ।
महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको छ।
३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको महानगरले जनाएको छ। एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको छ।
त्यस्तैगरी परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन्। उनीहरुले भ¥याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन्।