दाङ : दाङको दङ्गीशरण १ स्थिति कनरिया सामुदायिक वनमा वन उपभोक्ता समितिको लापरबाहीले दिनहु जसो चोरी तस्करी बढ्दै गएको छ।
बाके राष्ट्रिय निकुञ्ज सङ्ग सिमा जोडिएको कनरिया सामुदायिक वन बिहान बेलुका चोरी तस्करी बढ्न थाले पछि वन उपभोक्ता समिति ले चासो नदिएको स्थानीयले बताएका छन्।
दङ्गीशरण ,१ , ४ ,५ को पर्ने कनरिया सामुदायिक वनमा सालको चोरीतस्करी बढेको छ। वनका समिति र वन कर्मचारीको मिलेमतोमा सालका रुख कटान गरेर तस्करले छानीछानी सालका रुख काटिरहेका छन्। वनमा गस्तीसमेत नबढाइएको स्थानीयले बताएका छन् ।
वनमा चोरी तस्करी भइरहँदासमेत वन डिभिजन कार्यालय र स्थानीय उपोभक्ता समितिहरु मौन बसेको स्थानीयले आरोप लगाएका छन्।
साबिक गोल्टाकुरी र हालको दङ्गीशरण , १मा पर्ने कनरिया सामुदायिक वन झण्डै १ हजार २ सय हेक्टरमा फैलिएको जंगलमा तस्करले अहिले जथाभावी सालका रुख काटिरहेका छन्।तस्करहरू दिनहुँ सालका रुख काटेर रातको समयमा ओसार पोसार गरिरहेको स्थानीय बताउँछन्।
यस विशषमा सब डिभिजन वन कार्यालय र स्थानीय उपोभक्ता समितिले चासो देखाएका छैनन्।
वन क्षेत्रमा बनपाले र वन कर्मचारीको गस्ती नभएकै कारण वनमा चोरी तस्करी बढेको दङ्गीशरण ,१ का एक स्थानीयले बताए। सम्बन्धित निकायको मिलेमतोमा काठ तस्करी मौलाएको आरोप लगाएका छन्।
ुवन कर्मचारी र उपभोक्ता समितिको सहमति बिना काठ तस्करी सम्भव नै छैन,’ उनले भने, ‘सहज ठाउँमा पनि गस्ती नगर्नु र जंगलको काठ सजिलै चोरी तस्करी हुनुमा मिलेमतो रहेको स्पष्ट हुन्छ।’कनरिया सामुदायिक वनको पुर्बी क्षेत्र र पश्चिमि क्षेत्र तर्फको जंगलको बीचमा अहिले जताततै सालका रुख काटेर ढालेको देखिन्छ।
त्यस्तैगरी वनमा बनपाले नभएको कारण स्याउलाको निउमा साल,धौवा, साज,खयर काटेर घरमा लग्ने गरेको स्थानीयको आरोप छ।