आज सुनको मुल्य तोलामा एक सय घट्यो

दाङ : सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

हिजो आइतबारको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेर आज सोमबार छापावाला सुन ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तेगरी आज तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ९५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस