दाङ : नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ। टोली आज बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ
पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली नेपाल आइपुगेको छ।
नेपाल र पाकिस्तानबीचको खेल बुधबार साँझ पाँच बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुने भएको छ । यसका लागि नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ।
सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जानकारी दिएको छ।
टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउनेछन् ।
विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जानकारी दिएको छ ।