कालीकोट: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले झूटको प्रचार गर्दै हिँडेको आरोप लगाउनु भयो । कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशभर भाषणको क्रममा सबैलाई मन्त्री बनाउँछु भन्दै झूट बोलेको बताउनु भयो ।
उहाले प्रचण्डलाई व्यंग्य गर्दै भने, ‘प्रचण्डजीको बानी कस्तो छ भने यो बाटो र विद्युत पनि मैले बनाउनु भयो । यो पनि मैले गरेँ । त्यो पनि मैले गरेँ । बर्खामा अस्ति पानी परेको पनि मैले पारिदिएको हो । यस्तै गफ दिन्छन् । उनले जे पनि मैले गरेँ । यस्ता कुराको पछि नलाग्नुहोस् ।’
उहाले अघिल्लो पटक माओवादीलाई आफूले भोट हालेर जितेकाले अब जितेर देखाउन चुनौती दिनुभयो । सिंगो देशलाई विकासको बाटोमा अगाडि बढाउने शक्ति एमालेबाहेक अरु हुन नसक्ने ओलीले जिकिर गर्नुभयो ।