प्रेम आलेले सिङ्गो नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे : अध्यक्ष ओली

दिपायल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गर्नु भएको छ ।

चुनावी आमसभाका क्रममा डोटीको सदरमुकाम दिपायलमा पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पुर्‍याउन आग्रह गर्नुभयो ।

ओलीले भने( मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे । सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे । मन्त्रीको भाषा हेर्नुभयो रु यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस् ।

प्रतिक्रिया दिनुहोस