दाङ : राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्किँदै छिन्
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ ९डब्लुपिएल० कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्डतर्फ गएकी थिइन्।
गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधन गरिन्। उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरिन्।
राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै बिहान काठमाडौँ आइपुग्ने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले जानकारी दिनुभयो।