रुसीको सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित होः नेटो प्रमुख स्टोल्टनबर्ग

रोम : नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा ‘युक्रेनको अर्को जित’ हुने बताएका छन्।

‘हामीले आगामी दिनहरूमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नु पर्छ किनकि रुस ठूलो दबाबमा छ। यदि तिनीहरूले खेरसन क्षेत्र छोडे भने, यो युक्रेनको अर्को जित हुनेछ’, उनले बिहीबार रोममा एक कार्यक्रमा सो धारणा राखेका हुन्।

युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुनस् दावी गरेको बताएको छ । यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिन पछि बाहिर आएको हो।

‘हामीले देखेका छौं कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ’, स्टोल्टेनबर्गले उल्लेख गरेका छन् । ‘यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूको कारणले भएको हो’ उनले भने।

‘एकै समयमा इटली लगायत नेटो सहयोगीहरूले प्रदान गरेको अभूतपूर्व समर्थनले युद्धको मैदानमा हरेक दिन फरक पारिरहेको छ र युक्रेनी प्रगतिको लागि महत्त्वपूर्ण छू गत महिनाको अन्त्यमा पदभार ग्रहण गरेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पहिलो आमने(सामने वार्तापछि स्टोलटेनबर्गले यस्तो बताएका हुन्।

उनको सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू रहेको तर उनी आफैंले बारम्बार युक्रेन र रूस विरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छिन्।

मेलोनीले भनिन्(उनका प्राथमिकताहरू मध्ये एक गठबन्धनलाई सुदृढ पार्न काम गर्नु थियो र यसलाई ‘सबै दिशाबाट आउने धम्कीहरूको जवाफ दिन अझ सक्षम बनाउन आवश्यक छ’।

‘हाम्रो देशको सुरक्षा र समृद्धिका लागि गठबन्धन अपरिहार्य छ’, उनले पत्रकारहरू माझ बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस