आज प्रदेश १ मा मन्त्री शेखरचन्द्रको निधनको शोकमा सार्वजनिक विदा

विराटनगर : प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ। प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक विदा दिएको छ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो।

प्रदेश सरकारले एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिनु भयो।

थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार दिनु भएको थियो र।

प्रतिक्रिया दिनुहोस