झापा :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा राजनीतिक भुइचालो गएको बताएका छन् । झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाले डोटीमा जमिनको र झापामा राजनीति भूकम्प भएको बताउनु भयो ।
उहाले आफूले कांग्रेस, माओवादी, नेकपा एसका नेता कार्यकर्ता भित्र्याएपछि कति नेताहरु टाउको हात लगाएर बस्न बाध्य भएको बताए ।
उहाले डोटीमा गएको भूकम्पपीडितको व्यवस्थापन र पुनिर्माणमा लाग्न सरकारको ध्यानकर्षण समेत गरे । उनले आफूले टिकट वितरण गर्दा नयाँलाई अवसर दिएकोे बताउनु भयो । देश बनाउने पार्टी एमाले भएकाले सबैलाई आउन अनुरोध गर्नु भयो ।
उहालेले भने, ‘पार्टी प्रवेशको लहर यहाँमात्रै छैन । जिल्ला जिल्लामा छ । अरु पार्टीहरु थाम्नै नसकिने पहिरो गइरहेको छ । रोेक्न खोज्छन् । तर, सक्दैनन् ।’