सुनको मुल्य तोलामा १४ सय रुपैयाँ बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य आज एकैदिन प्रतितोलामा १४ सय रुपैयाँले बढेको छ।

हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तैगरी आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस