एस्टन भिल्लाले प्रशिक्षक स्टेभेन जेरार्डलाई बर्खास्त ग¥यो

दाङ : एस्टन भिल्लाले प्रशिक्षक स्टेभेन जेरार्डलाई बर्खास्त गरेको छ। गएराति सम्पन्न खेलमा फुलह्यामसँग ३–० ले पराजित भएपछि क्लबले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेको हो।​

एस्टन भिल्लाले यस सिजनमा खेलेका ११ खेलमा केवल २ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। प्रिमियर लिगमा एस्टन भिल्ला ११ खेलमा ९ अंकसहित लिगमा १७औं स्थानमा रहेको छ।​

रेन्जर्स क्लबबाट २०२१ को नोभेम्बर ११ मा एस्टन भिल्ला आएका जेरार्डले ४० खेलमा क्लबको नेतृत्व गरेका थिए। जसमा उनले केवल १३ खेलमा जित दिलाएका छन् भने ८ खेल बराबरीमा र १९ खेलमा हार बेहोरेका छन्।​

गएरातिको खेलपछि एस्टन भिल्लाले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक जेरार्डले तुरन्तैदेखि लागू हुने गरि क्लब छोडेको जानकारी दिएको थियो। अब क्लबको प्रशिक्षक को बन्छ भन्ने बारे स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस