काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी नेपालका चीनकी राजदूत होउ यान्छीले आज शिष्टाचार विदाइ भेट गरेकी छिन्।
आज बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।