सिसहनियाँ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले बुधवार राप्ती गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
त्यस क्रममा मुख्यमन्त्री केसीले केही दिन अघि परेको अविरल वर्षतका कारण आएको बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामो समय देखि अलपत्र रहेको वडा नं.–८ को बिजौरी देखि वडा नं.४ को नयाँ गाउँ जोड्ने दोलई खोला पक्की पुल निर्माण योजनाको कामको बुधबार स्थलगत अवलोकन गरेका छन् ।
अवलोकन पश्चात मुख्यमन्त्री केसीले बाढी नियन्त्रणका लागि तत्काल दिर्घकालिन योजन बनाएर काम अगाडि बढाउने बताएका छन् । त्यस्तै मुख्यमन्त्री केसीले सो पुल निर्माण योजनाको काम बिचमै अलपत्र पार्ने जय बुद्ध कनट्रक्सन प्रालि सँगको ठेक्का सम्झौता तत्काल रद्ध गरी कार्वाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका छन् ।सो अबसरमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस क्षेत्रमा बाढी पहिराले पु¥याएको क्षति र त्यसको रोकथामको उपाएको बारेमा मन्त्री केसीलाई जानकारी गराएका थिए । साथै उनले विपतमा परेका जनताहरुको समस्याको समाधान गर्नको लागि पालिका एक्लैलाई अफ्ठ्यारो पर्ने भएकाले प्रदेश सरकारलाई यस कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
सो अवसरमा लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख, अर्थविज्ञ, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।