स्वर्ण पदकका लागि आर्मी क्लब र सशस्त्र प्रहरी बल क्लबको प्रतिस्पर्धा

कास्की : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज(बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ ।

त्यसैगरी अघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जारी नवौं खेलकुदमा आज आज सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस