बझाङ : बझाङ जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरूप दुई लाख उपलब्ध गराउने भएको छ ।
मष्टा गाउँपालिका–१ तुफानडाँडामा हिजो ९बुधवार० दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।
सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफानडाँडामा दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।