दाङ : आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर झनै बढेको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल गृहजिल्ला दाङ आएकै दिन बुधबार घोराहीका विभिन्न स्थानमा माओवादी र कांग्रेस परित्याग गरि एकसय बढि नेता कार्यकताहरु नेकपा एमालेमा प्रवेश गराउनु भएको छ ।
नेकपा एमाले दाङको घोराही भरतपुरमा रहेको कार्यालयमा लामो समयदेखि माओवादीमा संलग्न वाइसिएल घोराहीका इञ्चार्ज सुबास बिक, वाइसिएल नगर उपाध्यक्ष रामचन्द्र केसीसहित ४१ जना युवाहरु एमालेमा प्रवेश गर्नु भएको छ । उहाँहरु सबैलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेल, नेकपा एमालेका नेता बलिभद्र रानालगायतकाले टिका, खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको हो ।
त्यसैगरी नेकपा एमालेमा विकास बुढामगर, सन्दिप विक्रम शाह, रोहन थापा, किरण श्रेष्ठ, सुजल गिरी, एलेन्स रोका, विकास ठकुरी, प्रवेश घर्ती मगर, निसान घर्ती मगर, विकास पुन मगर, रमेश बुढा, रमित घर्ती, संगम पुन, आशिष शेर्पाइली, हिमाल थापा, विशाल विक, सञ्जय सुनार, डेबिट पाण्डे, अंकित केसी, प्रयास गिरी, प्रेमबहादुर खत्री, प्रविण स्वर्णकार, रविन केसी, अभियान थापा, सुरज तामाङ, सुमित बिक, आशिष् केसी, किरण रोका, आकाश नेपाली, राजन राणा, कस्तुप पुन, सुमन घर्ती, प्रवेश भट्टराई, विमल गुरुङ, रविन महर, अंकित खड्का प्रवेश गर्नुभएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयोे ।
सो अबसरमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एमाले राष्ट्रिय शक्तिकारुपमा स्थापित भएर मुलुकको समृद्धि र विकासलाई सही दिशाबाट अगाडी बढाउन अगाडी बढेको चर्चा गर्दै पार्टीमा युवाको ठूलो पंक्ति समाहित हुनुले एमालेको जीत थप सुनिश्चित भएको बताउनुभयो । युवाहरुको सोँच अनुसार एमाले अगाडी बढ्ने बताउँदै महासचिव पोख्रेलले गठवन्धन नीति बिहीनतामा हराएकै कारण पछिल्लो समयमा एमालेप्रतिको आकर्षण जनतामा ह्वात्तै बढेको बताउनुभयो । सो अबसरमा पार्टी प्रवेश गर्नेहरुको तर्फबाट बोल्दै सुबास बिकले नेकपा एमालेकै नेतृत्वमा मुलुकको समृद्धि र विकास सम्भव भएकाले आफूहरु एमाले प्रवेश गरेको बताउनुभयो । एमालेलाई बलियो बनाउन, निर्वाचनमा जिताउन आफूहरु दिनरात नभनेर खड्ने बिकको भनाइँ रहेको थियो ।
सो अबसरमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुजीता शाक्य, एमाले नेता बलिभद्र राना, एमाले दाङका सचिव मनोहर बुढाथोकीलगायतकाले बोल्नु भएको थियो । नेकपा एमालेको महासचिव शंकर पोख्रेल दाङ क्षेत्र नम्वर २ बाट संघमा र एमाले नेता बलिभद्र राना दाङ क्षेत्र नम्वर २ को क मा सर्वसम्मत उमेदवार बन्नु भएको छ । उहाँहरु उमेदवार बनेपछि एमालेमा दिनदिनै अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।