चुनाब जितेपछि तुलसीपुरमा मेडिकल कलेज स्थापना गर्छौं : राजेश

दाङ : बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ का उम्मेदवार धनबहादुर मास्की९राजेश०ले तुलसीपुरमा मेडिकल कलेज स्थापना गर्ने बताउन भयो ।

शान्तिनगर गाउँपालिका वडा नं। १ स्थित पेदिखोलामा भएको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साविक राप्तीलाई केन्द्रमा राखेर तुलसीपुरमा मेडिकल कलेज आवश्यक रहेको बताउनु । सहज तथा सर्वसुलभ सेवा प्रदानकालागि मेडिकल कलेज आवश्यक पर्ने भन्दै आफूले जितेपछि यसमा पहल गर्ने बताउनु भयो ।

साथै उहाले पश्चिम दाङको विकास बाहेक अरु केही सोँच नभएको समेत बताएउनु भयो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका उनले पश्चिम दाङ र तुलसीपुर जोडिने तीन वटै सडकको स्तरोन्नती गर्ने समेत बतोनु भयो ।

प्रतिक्रिया दिनुहोस