भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा खर्गे विजयी

भारत : भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन् ।

सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्पर्धा भएको थियो । पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो ।

कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए । खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएको छ ।

यसैबीच थरुर पक्षले निर्वाचनमा धाँधली भएकोआरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस