४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफलाई स्वर्ण पदक

कास्की : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा महिला ४ गुणा १०० रिलेमा आर्मी टिमले स्वर्ण जितेको हो । आर्मीका रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९:६० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । गण्डकीका मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्तीले ५२:७५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जित्न सफल भएका छन् ।

बागमतीका रजनी दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजला अमात्यले ५२:७६ सेकेन्डमा पूरा गर्दै कास्य जिते ।

त्यस्तैगरी पुरुषतर्फको ४ गुणा १०० मिटर रिलेमा एपीएफ स्वर्ण जित्न सफल भयो । एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्र बहादुर पुलामीको टिमले ४२:४४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितको छ ।

आर्मीका जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतोको टिमले ४२:६० सेकेन्डमा रजत पदक जितेको हो । त्यस्तै, लुम्बिनी प्रदेशका सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारुको टिमले ४४:३८ सेकेन्डमा कास्य जितेको हो ।

क्ष्कष्लिनतयलमबख
त्यस्तै, एथ्लेटिक्सको ज्याभलिन थ्रोको पुरुषमा आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । रोहितले ६४:२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्न सफल भए । एपीएफका रमेश पोख्रेलले ५५:४३ मिटर थ्रो गर्दै रजत जित्दा एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कास्य जितेका छन् ।

प्रतिक्रिया दिनुहोस