दाङ : नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ । पोखरेलसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने उद्देश्यले वेबसाइट तयार पारिएको उहाँका स्वकीय सचिव सरोजकुमार रेग्मीले जानकारी दिए I
महासचिव पोखरेलको जीवनी, समाचार, विचार, अन्तर्वार्तालाई एउटै स्थानमा उपलब्ध होस् भन्ने उद्देश्यले m सञ्चालनमा ल्याएको स्वकीय सचिव रेग्मीले जानकारी दिए । ‘महासचिव पोखरेलसँग जोडिएका सामग्रीहरु एकीकृत गर्नका लागि वेबसाइट तयार पारेका छौैं’, स्वकीय सचिव रेग्मीले भने, ‘वेबसाइटले महासचिव पोखरेलका सामग्री संरक्षण हुने र उनको सामग्री अध्ययन गर्न चाहने पाठकलाई सजिलो हुने विश्वास लिएका छौं ।’