जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्त

काठमाडौं : रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्तमा परेका छन्

आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग नजिक भएको आरोप लागेपछि साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्तमा परेका हुन्। अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी ९बीएसआई० को नेतृत्व गरेका थिए।

जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ। तर, उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्तमा परेको पुष्टि गरेको बीबीसीले बताएको छ।

बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए।

प्रतिक्रिया दिनुहोस