दाङमा निर्वस्त्र अवस्थामा एक महिलाको शव भेटियो

दाङ : दाङमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बबई गाउँपालिका वडा नम्बर ७ स्थित बेलासपुरघाटमा अन्दाजी ३५ वर्षिय महिलाको शव भेटिएको हो ।

उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस