आज परिसूचक नेप्से परिसूचक २.६१ अंकलेगिरावट

काठमाडौं : सेयर बजारमा सामान्य गिरावट आएको छ । आज साताको दस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से २.६१ अंकले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२० अंकले बढेर ३६५।६२ बिन्दुमा रोकिएको छ । २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।

कारोबारमा बैंकिङ समूहको १.५२, होटल तथा पर्यटन १०।३७, निर्जीबन बीमा १२.७७, अन्य ४.६७, ट्रेडिङ समूहको उपसूचक १.६५ अंकले बढेको छ । यस्तै विकास बैंक २७.४८, वित्त कम्पनी १७।१३, जलविद्युत १४.१८, जीवन बीमा २६.१६, माइक्रोफाइनान्स समूहको उपसूचक ६.०२ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस