शताब्दी पुरूषको अन्त्येष्टि बारे किष्ट अस्पताल रपरिवारका सदस्यबीच छलफल हुँदै

काठमाण्डौँ : शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। यसअघिनै आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले किष्ट अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ।

‘त्यसैगरी अघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्नेबारे छलफल हुँदैछ’, ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले भने,‘अब छलफलपछि मात्रै कसरी अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुन्छ।’

मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे अहिले छलफल हुन लागेको छ।

शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गर्नु भएको थियो।

शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताएका थिए। जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस