पाल्पा : पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर हिजोराति एकजनाको मृत्यु भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भएको छ ।
शुक्रबार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएका थिएका।
गोलो पोल्ने क्रममा उनी रुखबाट करिब १०० मिटर तल लडेर गम्भीर घाइते भएका थिए।
उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको थापाले जानकारी दिनुभयो।
विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि गएका थिए। उनी सकुशल रहेका छन्।