दाङको हेमन्तपुरमा बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय स्थापना

दाङ : दाङको हेमन्तपुरमा बाम लोकतान्त्रिक गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं।२ ९ख० को सम्पर्क कार्यालय स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका –१८ हेमन्तपुर चोकमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन दाङ क्षेत्र नं। २ का प्रतिनिधी सभासदस्यका उमेदवार रेखा शर्मा र २ ९ख० का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने ९गुन्टु० ले संयुक्तरूपमा उद्घाटन गर्नु भएको थियो ।

सचिवालय उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्माले परिवर्तन विरोधीलाई परास्त गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो । लोकतन्त्र मास्नेका बिरुद्ध दलहरु बिच गठबन्धन भएको धारणा राख्दै संविधान र संविधानले दिएका उपलब्धि मन नपराउने मान्छेले देशलाई पछाडी पार्नेकाम शंकर पोखरेल र उनको पार्टीले काम गरेको धारणा राख्नु भयो । त्यस अबसरमा दाङ २ ९ख० का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने ९गुन्टु० ले घोराही तुलसीपुर सडक खण्ड शंकर पोखरेलकै अलपत्र परेको बताउनुभयो ।

एमाले महासचिव समेत रहनु भएका पोखरेलले आफन्त ईष्टमित्रलाई ठेक्का दिने नाममा सडक अलपत्र पारेकोले उनका बिरुद्ध सबै मतदाता एक ठाउमा उभिएर जरुरी भएको बताउनु भयो । उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देबकोटाले संविधान र लोकतन्त्रका लागि गठबन्धन अनिवार्य आबश्यकता भएको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस