काठमाडौं : निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु गर्ने आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताउनुभयो। उहाँले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट शुरु गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु हुन्छ ।’