आजदेखि मनसुन कमजोर,मौसम खुल्दै

काठमाण्डौ : मनसुन र नेपाल भित्रिएको पानी पार्ने प्रणाली कमजोर बनेसँगै मौसम खुल्न थालेको छ । अब ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरिनसकेकाले हल्का वर्षा भने हुने मौसमविद् हिरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने भएको छ ।

समयसमयमा बादल लागे पनि ठूलो वर्षाको सम्भावना रहेको छैन् । तर यसअघिको वर्षाकै कारण पनि पहाडी क्षेत्र र भिरालो जमिनमा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । केही दिनअघिको लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रमा धेरै असर परेको छ ।

त्यस्तैगरी हिजोदेखि पानी पर्न रोकिए पछि घाम लाग्न थालेसँगै बाढी र डुबान प्रभावित क्षेत्रमा केही राहत मिलेको छ।

प्रतिक्रिया दिनुहोस