बाढी पीडितहरुको उपचार र पुनःस्थापना तत्काल सरकारले गर्छ : मुख्यमन्त्री केसी

दाङ : लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अबिरल वर्षातसँगै आएको बाढी पहिरोमा परी अङगभङग भएका र घरबास बिहिन भएका पीडितहरुको उपचार र बसोबासकोव्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ ।

दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै मुुख्यमन्त्री केसीले यस्तो बताउनु भयोे ।अबिरल वर्षासँगै बाढी पहिरोका कारण प्रदेशका १२ जिल्ला नै प्रभावित भएका सरकारले आपतकालिन रुपमा यस्तो निर्णय गरेको उहाले बताउनु भयो । बाढी प्रभावित क्षेत्रको अध्ययन अवलोकन गर्दै मुुख्यमन्त्री केसीले तत्काल उद्धार तथा लगत संकलन गरी उपचार बन्दोबस्त सहित पीडितहरुको बसोबासको व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा घाईते भएको उपचार तथा घरबार बिहिनहरुको तत्काल बसोबास व्यवस्थापन गरिने बताउनु भयो ।

त्यस्तैगरी मुख्यमन्त्री केसीले बाढी प्रभावित क्षेत्रहरुको अध्ययन अवलोकन गरी प्रदेशका १२ वटै जिल्लाका प्रतिवेदन पेश गर्न सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्देशन समेत दिइएको र । प्रदेश सरकारले बाढी प्रभावितहरुको व्यवस्थापनका लागि तत्काल पुनःस्थापनाको योजना तय गर्ने भएकाले प्रदेशका सबै जिल्लाहरुमा पत्राचार समेत गरिएको उहाले बताउनु भयो । वाढी प्रभावित क्षेत्रको प्रारम्भीक क्षेत्रको विवरण बंगलाचुुली गाउँपालिकाअध्यक्ष तुलसीराम पुनले मुख्यमन्त्री केसीलाई बुुझाउनु भएको छ ।

यसैबिच बुधवार लुम्विनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्का सहित दाब निर्वाचन क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य उम्मेद्वार रेखा शर्मा र प्रदेशसभा उम्मेद्वार राजुु खनाल सहितको टोलीले बंगलाचुुली गाउँपालिकाका वडा नं. ३ र ४ बाढी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुुभएको छ ।

प्रतिक्रिया दिनुहोस