सुनको मुल्य प्रतितोलामा २ सय बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबारको तुलनामा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ।

छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा पुगेको छ। त्यस्तैरी तेजावी सुनको मुल्य९३ हजार ७ सय रुपैयाँमा पुगेको छ।

बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस