धनबहादुर मास्की(राजेश)ले सहीद परिवारबाट लिए आर्शीवाद

दाङ : बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं।३९ख०का उम्मेदवार धनबहादुर मास्की(राजेश)ले सहीद परिवारबाट आर्शीवाद लिनु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं।१ का सहीद परिवारबाट मास्कीले आशीर्वाद लिनु भएको हो । मुलुकबाट तानाशाही राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउनुमा सहीद परिवारको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाहरुको योग्दानलाई उच्च मूल्यांकन गर्नुपर्ने समेत बताउनु ।

त्यस अवसरमा सहीद परिवारले ब्यबस्था परिबर्तन भएपनि अबस्था उस्तै रहेको भन्दै यो समस्या समाधान गर्न गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाउनु भयो

त्यस्तैगरी उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, माओवादी केन्द्र तुलसीपुर नगरका कोषाध्यक्ष अमर नेपाली‘माइकल’,माओवादी केन्द्र तुलसीपुर १ का अध्यक्ष डिलु न्यौपाने, पार्टी वडा इञ्चार्ज हुमकान्त सापकोटालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस