नेपालमा डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु

काठमाडौं : डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ। साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो।

प्रतिक्रिया दिनुहोस